काठमाडौं । विश्व प्रसिद्ध दाहुवा ब्रान्डका सिसी क्यामेरा खरिद गर्दा अधिकतम दुई लाखदेखि पाँच सयसम्मका उपहार पाइने भएको छ । नेपालस्थित दाहुवा ब्रान्डको आधिकारिक बिक्रेता बिध म्यानेजमेन्ट प्रालिले उपभोक्ताका लागि स्क्र्याच कार्डमार्फत् हात खाली नजाने उपहार योजना ल्याएको हो ।
कम्तीमा ३० हजार बराबरका सिसी क्यामेरालगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत् उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजनामा ग्राहकले उपहारमा इ-स्कुटर, टेलिभिजन, वासिङ मेसिन, फ्रिज, इन्डक्सन चुल्हो, मिक्सर/ग्राइन्डर, स्मार्ट मोबाइलदेखि हात खाली नजाने हजार, सात सय ५० र पाँच सय नगद उपहारसमेत प्राप्त गर्न सक्ने बताइएको छ ।
उपहारसँगै कम्पनीले घरटोल तथा अफिसमा जडान गर्न सकिने गरी सर्वसुलभ दरमा सिसिटिभी प्याकेजसमेत घोषणा गरेको छ । सुरुवाती मूल्य २५ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच