काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच ऊर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ । ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगको ऊर्जासम्बन्धी सेवाको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार उद्योगमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उद्योगको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा सहकार्य गर्ने बताइएको छ ।
सिएनआईले सन् २०१९ देखि उद्योगमा ऊर्जा दक्षता प्रवद्र्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्याँस उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यसाथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गर्दै आएको छ । समझदारीपत्रमा सिएनआईका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गर्नुभएको सिएनआईले जनाएको छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं