मस्कोमाथिको प्रतिबन्ध पागल र बिचारहीनः पुटिन

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचारहीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्पणी गरेका छन् ।

सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध बिफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुसविरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन । ’

रुसमाथिको प्रतिबन्ध प्रतिबन्ध लगाउनेहरुका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् ।

तर। वार्षिक सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण युरोपेली युनियनले ४०० अर्ब डलरभन्दा बढी गुमाउन सक्ने दाबी गरे ।

रुसी सेनाले पछिल्लो समयमा पूर्वी युक्रेनमा हमला गरेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?