काठमाडौं
अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले गाएको यो चलचित्रको पहिलो गीत हो ।
कार्यक्रममा बोल्दै गुरुङले भन्नुभयो, ‘चलचित्रमा गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’ कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो । गीतले चलचित्रको आवरण बोलेको छ । चलचित्रका अधिकांश कलाकारहरुलाई गीतमा प्रस्तुत गरिएको छ । लाइभ रेकर्डिङको प्रचलन करिवकरिव हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जानकारी दिईयो ।
‘सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भन्नुभयो, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ यहि असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा राजन कठेतले लेख्नुभएको हो ।
माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी चलचित्रका निर्माता हुनुहुन्छ । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नु भएको हो । । भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहनु भएको छ । ।
https://www.youtube.com/watch?v=T6ohkAT3lMo
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच