सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

चितवन

सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा अपरान्ह करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा दुवैतर्फ सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनसभयो ।

बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?