तुलसीपुरमा सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारजना मध्ये दुई जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया युवतीमाथि २ असार राति तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताउनु भयो ।

युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।
पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?