राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नैनसिंह महर

Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पाटर्नर प्रोग्राम (एसपीपी) को सम्झौता रद्द गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल विद्यार्थी संघ शंकरदेव क्यापसले आयोजना गरेको फुटसल प्रतियोगिताको काठमाडौंको वालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘एसपीपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ । सेनाले पनि एसपीपीमा सहभागी नहने भनिसक्यो । सबै राजनीति दलले पनि एसपीपी स्वीकार्न नहुने धारणा राखेका छन् ।’

महरले एसपीपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह पनि गर्नुभयो। वैदेशिक मामिलाको विषयलाई राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो विषय दलहरूले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन । नेपाली सेनालाई समेत विवादमा तान्ने काम भएको छ । राज्यका सबै संरचनाप्रति नागरिक अविश्वस पैदा गराउन हुँदैन । यसले व्यवस्थामाथि नै खतरा ल्याउन सक्नेमा हामी सजक हुन जरुरी छ ।’

एसपीपी इन्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भएर पनि पूर्ववत् केपी ओली सरकारले खारेज नगरेर किन होल्ड गरेको भन्दै उहाँले प्रश्न पनि गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अमेरिकाले एसपीपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्यो ? त्यसका पछाडिको नियत के थियो ? राष्ट्रवादको भ्रम छर्ने एमाले नेतृत्वलाई यो प्रश्नले लखेटि रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?