सन्तुलित सम्बन्ध राख्न नसके नेपाल भुराजनीतिक स्वार्थको भूमरीमा फस्नसक्ने प्रदीप ज्ञवालीको चेतावनी

Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध राख्न नसकेमा नेपाल भुराजनीतिक स्वार्थको भूमरीमा फस्ने चेतावनी दिनुभएको छ ।

शनिबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको वर्तमान कुटनीतिक अभ्यास र यसका प्रभावहरु विषयक अन्तरक्रियामा उपमहासचिव ज्ञवालीले पछिल्लो समय केही विचलन देखा परेको बताउनु भयो।

दुबै छिमेकी समान महत्वको भएको भन्दै उहाँले छिमेकीलाई वेवास्ता गरेर जान नहुने सुझाव समेत दिनु भयो । परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा परराष्ट्र र कानुन मन्त्रालय बेखर देखिएको भन्दै ज्ञवालीले आपत्ति समेत जनाउँदै ज्ञवालीले भन्नुभयो ‘एमसीसीमा अनावश्यक विरोधले मुलुकको विश्वसनीयतामा नै ह्रास आयो। राष्ट्रियतामा दलीय स्वार्थभन्दा माथि उठ्नुपर्छ।’

वर्तमान सरकारमा बीआरआई अगाडि बढाउन संकोच देखा परेको परराष्ट्र नीति सञ्चालनमा विचलन देखिएको उहाँको आरोप थियो ।

‘हाम्रो परराष्ट्र नीति संविधानले व्यवस्था गरे बमोजिम सन्तुलित हुनुपर्छ,’ उहाँले भन्नुभाये, ‘कुनै शक्ति राष्ट्रको रणनीति र सैन्य रणनीतिमा जान सक्दैनौं। हामीलाई कुनै पनि शक्तिले आफ्नो रणनीतिमा तान्ने प्रयास गर्नुहुँदैन।’

नेता ज्ञवालीले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचार राजनीतिक नेतृत्वलाई थाहा नभएको बताउनु भयो ।

सेनाले तालुकदार मन्त्रालय वा पोलिटिकल लिडरसीपलाई इंगेज गरेको लिखित प्रमाण नभेटिएको बताउँदै उहाँले भन्नुभयो, ‘सेनाले के ठान्यो होला भने रक्षाले गो अ हेड भनेकै छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?