स्विमिङ पुलमा डुबेर पोखरामा एक किशोरको मृत्यु

प्रतिकात्मक तस्बिर

Read Time = 1 min

पोखरा । स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ ।

तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो ।

 उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासि पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?