दुबईका राजकुमार माक्तुमलाई एयरपोर्टमा भव्य स्वागत, राजकुमारद्वारा दुर्गा प्रसाइँलाई सुनको लौरो उपहार

Read Time = 4 mins

झापा । झापाका चर्चित मेडिकल व्यवसायीको निम्तोमा संयुक्त अरब इमिरेट्स (दुबई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका क्रममा झापा आउनु भएको छ ।

राजकुमार माक्तुम बिएण्डसी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँको निमन्त्रणामा स्विकारेर झापा आउनु भएको हो ।

शनिवार बिहान ११ः१५ बजे श्री एयरलाइन्सको जहाज चार्टर गरेर झापा आउनु भएका राजकुमार माक्तुमलाई मेडिकल व्यवसायी प्रसाईँले चन्द्रगढी विमानस्थल भद्रपुर पुगेर भव्य स्वागत गर्नुभएको थियो । स्वागत पश्चात् राजकुमार माक्तुमले व्यवसायी प्रसाईँलाई सुन जस्तो देखिने धातुको लौरो उपहार स्वरूप प्रदान गरेका छन् ।

राजकुमार माक्तुमको स्वागतका लागि विमानस्थल परिसरमा समर्थकको भीड नै लागेको थियो । उहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेट सिटी स्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रममा सहभागी हुन झापा आउनु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।

आइतबार बिहान ९ बजे पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान उद्घाटन कार्यक्रम रहेको उहाँले बताउनु भयो । झापा आएका राजकुमार माक्तुम मेचीनगरस्थित मेची क्राउन होटेलमा बस्नु भएको छ ।

झापा दौरानको क्रममा राजकुमार बिर्तामोडसहित भद्रपुर, कचनकवलको भ्रमण गर्ने समेत कार्यक्रम रहेको जनाइएको छ । भद्रपुर र कचनकवलमा उनलाई मुस्लिम समुदायका अग्रजहरूले भव्य स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । उहाँ सोमबार दिउँसो काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । बिएण्डसीका सञ्चालक प्रसाईँ, उहाँका छोरा नीराजन प्रसाईँ, सहयोगी प्रमिस गिरी, रिजवान आलम लगायतको समूह जेठ १४ गते दुबई पुगेर राजकुमारलाई निमन्त्रणा दिनुभएको थियो । सोही निमन्त्रणा स्वीकार गर्दै उहाँ झापा आउनु भएको हो ।

दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मद र दुबईका राजकुमार माक्तुमले प्रसाईँले नेपालमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा पनि गर्नुभएको थियो । त्यस बेलाको भेटघाटमा दुबईका प्राधिकरण कार्यकारी निर्देशक महम्मदले जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धनका लागि आफ्नो सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यस्तै दुबई सरकार नेपालको स्वास्थ्य र शिक्षाको विकासमा सहकार्य गरेर अघि बढ्ने बारे छलफल भएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?