भारत दुवैमा पहिलो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारत नेपाल आइटिएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा पहिलो भएको छ । भारत ब्वाइज/गल्र्स दुवैमा पहिलो भएको हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई दुई-एकले पराजित गर्‍यो । श्रीलंकाले बंगलादेशलाई ३-० ले हराउँदै तेस्रो भयो ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भारतले श्रीलंकालाई दुई-एकले पाखा लगायो । माल्दिभ्सले भुटानलाई ३-० ले पन्छ्याउदै तेस्रो भयो । माल्दिभ्सको प्रशिक्षकमा पूर्वराष्ट्रिय च्याम्पियन नेपालका कुमार अधिकारी रहनुभएको छ । ब्वाइज/गल्र्समा पहिलो र दोस्रो हुने राष्ट्र कजाकिस्तानमा हुने फाइनल प्रतियोगितालाई छनोट भइसकेका छन् ।

अन्तिम दिन नेपाली ब्वाइज/गल्र्स दुवै टोलीले जित आत्मसात गरे । ब्वाइजमा नेपालले भुटान तथा गल्र्समा बंगलादेशलाई समान ३-० ले पारजित गरे । दुवै टोली फाइनल चरणलाई छनोट हुन सकेनन् । प्रतियोगिताको पाँचौँ संस्करण पूरा हुँदा नेपालको कुनै पनि टोली छनोट हुन नसकेको दोस्रोपटक हो । २०२१ मा पाकिस्तानमा भएको चौथो संस्करणमा पनि नेपाल छनोट भएको थिएन ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, प्रतियोगिताका निर्देशक अजय विष्ट, आइटिएफ प्रतिनिधि जोनाथन स्तब्सलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्र सहभागी थिए । पाकिस्तानबाहेक सबै राष्ट्रबाट तीन-तीन ब्वाइज/गल्र्स खेलाडी सहभागी थिए । पाकिस्तानबाट तीन ब्वाइज खेलाडीले मात्र भाग लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?