नेपालको लगातार दोस्रो जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालले एसिसी महिला टी-२० महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई पाखा लगाएको थियो ।

जितका लागि १०८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी ओपनर प्रियादा मुरलीले ४० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जिफा जिलानी ६ र मरिम्मा हैदर १६ बलमा १४ रनमा आउट हुनुभयो ।

नेपालकी सीता रानामगरले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिनुभयो । त्यसबाहेक अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले एक-एक विकेट लिनुभयो ।

त्यसअघि किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासले २७ बलमा चार चौकासहित ३४ रनमा अविजित रहनुभयो । उपकप्तान इन्दु बर्मा ३३ बलमा दुई चौकासहित २८ रनमा अविजित रहनुभयो ।

पाँचौँ विकेटका लागि इन्दु र रुविनाले ६० रनको अविजित साझेदारी गर्नुभएपछि नेपालको जित सम्भव भएको थियो । त्यसयसअघि ओपनर विन्दु रावल १६ बलमा दुई चौकासहित ११ रन तथा अर्की ओपनर ज्योति पाण्डेले २४ बलमा एक चौकासहित १५ रन जोड्नुभयो ।

विकेटकिपर काजोल श्रेष्ठ र सीता रानामगर पाँच-पाँच रनमा आउट हुनुभयो । कुवेतकी मरिम्मा हैदरले चार ओभरमा १० रन खर्चेर दुई विकेट लिनुभयो । मर्याम ओमरले चार ओभरमा १५ रन खर्चेर एक विकेट लिनुभयो । खदिजा खालिलले एक विकेट हात पार्नुभयो ।

यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ‘ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोलीले एसिया कप महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

नेपालले अब असार ६ मा बहराइन, असार ७ मा हङकङसँग खेल्नेछ । त्यसपछि असार १० गते सेमिफाइनल र असार ११ गते फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए