‘राधा प्यारी’ मा गरिमा र प्रिन्सको अनस्क्रिन रोमान्स

Read Time = 1 min

काठमाडौं । गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत, विश्व अधिकारीको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल गरिमा शर्मा र प्रिन्स चौहानको अभिनय छ । भिडियोमा राधाको भूमिकामा देखिनुभएकी गरिमा कृष्ण बन्नुभएका प्रिन्सको जोडी राम्रो देखिएको छ ।

एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलरिङ छ । ‘इनाक्छी इन्टरटेनमेन्ट’बाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?