न्यूयोर्क । विश्वभर विस्थापित बालबालिकाहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।
यो संख्या गतवर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीले शुक्रबार जनाएका छन् । विषेशगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको अध्ययनले देखाएको छ । ‘दोस्रो विश्वयुद्धपछि एकै पटकमा यति धेरै बालबालिका विस्थापित भएको अहिले पहिलो पटक हो’, युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । अघिल्लो वर्षको तुलनामा विस्थापितको संख्या २२ लाख बढी देखिएको छ । विशेष गरेर हिंसात्मक घटनाका कारण बालबालिका धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तन र वातावरणीय समस्या बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । जलवायु परिवर्तन र वातावरणीय समस्याले बाढी पहिरो आउने र त्यसकारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी रूस-युक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकामा परेको युनिसेफले जनाएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच