मोदीले मनाउनुभयो आमाको १००औं जन्मदिन

Read Time = 2 mins

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आफ्नी आमाको १००औं जन्मदिन मनाउनुभएको छ । उहाँकी आमा हीरा बेन शनिबारबाट १०० वर्षमा प्रवेश गर्नुएको अवसरमा गान्धीनगरस्थित आफ्नो निवासमा गई आमालाई भेटेर जन्मदिन मनाउनु भएको हो ।

यस अवसरमा प्रधानमन्त्री मोदीले आमाको पूजा गरी आशीर्वाद लिनुभएको थियो । प्रधानमन्त्री मोदी आफ्नी आमाको खुट्टामा बसेर उहाँसँग कुरा गरिरहेको देखिनु भएका तस्वीर सार्वजनिक भएका छन् ।

मोदीकी आमा बेनको जन्म दिनलाई विशेष बनाउँदै गान्धीनगरको रायसन पेट्रोल पम्पदेखि ६० मिटर सडकको नाम ‘पूज्य हीरा मार्ग’ राखिएको छ ।

आमाको जन्मदिनमा आफ्नो बाल्यकाल सम्झिँदै मोदीले ब्लगमा लेख्नुभएको छ । जसमा उहाँले गरिबीका कारण आमाले २–४ पैसा कमाउन अरूको घरमा भाँडा माझ्ने गरेको सम्झिनु भएको छ ।

‘घर चलाउन २–४ पैसा बढी मिलोस् भनेर आमाले अरूको घरमा गएर भाँडा माझ्नुहुन्थ्यो,’ उहाँले सम्झिनुभयो, ‘वडनगरमा हाम्रो माटोको भित्ता भएको घर थियो, जहाँ आमाबुबासँगै हामी भाइबहिनी बस्थ्यौं । त्यहाँ कुनै बाथरुम थिएन, कुनै शौचालय थिएन ।’

आफ्नी आमाले सानै उमेरमै आमा गुमाउनुपरेको समेत मोदीले सम्झिनुभएको छ । विश्वव्यापी महामारीमा आमाले आफ्नी आमा (मोदीकी हजुरआमा) गुमाउनु पर्दा मातृस्नेह नपाएको समेत उहाँले उल्लेख गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?