सुमन र रोशनको निर्देशनमा ‘फूल झैं कोमल तिमी’

Read Time = 1 min

काठमाडौं । गीतकार रोशन भट्टराईको ‘फूल झैं कोमल तिमी’ सार्वजनिक भएको छ । आनन्द कार्कीको स्वर, तारा प्रकाश लिम्बू तथा युमेशको संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सञ्चारकर्मी सुमनकुमार श्रेष्ठ र गीतकार भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा नम्रता सापकोटा र कमल सिंहलाई फिचरिङ गरिएको छ । राजु केसीको छायांकन रहेको भिडियोमा निराजन केसीको सम्पादन र अशोक रोक्काको शृंगार रहेको छ ।

भिडियो गीतकार भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भट्टराई २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?