काठमाडौं । तल्लो तहदेखि नै भक्तपुरको फुटबलको विकासका लागि प्रशिक्षण प्रदान गर्दै आएको ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यानलले सहयोग प्रदान गरेको छ । इको प्यानलले प्रशिक्षणका लागि आवश्यक खेलकुद सामग्री तथा प्रतियोगितामा सहभागीको खर्च सहयोग गर्दै आएको छ ।
ख्वप किंग्स एकेडेमीले विगत तीन वर्षदेखि भक्तपुरको शहीद स्मृति खेलमैदानमा ६ देखि १३ वर्षसम्मका बालबालिकालााई हप्ताको दुईपटक शनिबार र मंगलबार बिहान नियमितरूपमा फुटबल प्रशिक्षण दिँदै आएको छ ।
एकेडेमीले हालसालै बाँसबारी क्लबद्वारा आयोजित काठमाडौं उपत्यकाव्यापी अन्डर १३ उमेर समूहको फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो ।
दुई महिनाअघि गोरखामा भएको अन्डर १३ सेभेन ए साइड राष्ट्रव्यापी फुटबल प्रतियोगितामा पनि ख्वप किंग्स सहभागी भएको थियो । कम्पनीका अनुसार ख्वप किंग्सका निर्देशक तथा प्रशिक्षक धनेश्वर प्रजापती मनाङ मस्र्यादी ए डिभिजन फुटबल क्लब, आरसी ३२ फुटबल एकेडेमी सी डिभिजन क्लबमा प्रशिक्षकका रूपमा अनुभवी हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका