रियलमीका दुई नयाँ स्मार्टफोन

Read Time = 2 mins

काठमाडौं । रियलमीको स्मार्टफोन ब्रान्डले दुई स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागसिप रियलमी जिटी २ प्रो सार्वजनिक गरेको हो । कम्पनीका अनुसार जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो ।

१५० वाट अल्ट्रा डार्ट चार्जले मात्र पाँच मिनेटमा ०-५० प्रतिशत चार्ज गर्छ । रियलमी जिटी नियो ३ मा ट्रिपल क्यामेरा रहेको छ । जसमा रियर क्यामेराले ५० एमपी रिज्योलुसनका साथै सोनी सेन्सर प्रयोग गर्छ । अन्य दुई क्यामेरा ८ एमपी, अल्ट्रा वाइड लेन्स र २ एमपीको म्याक्रो लेन्स हुन् ।

रियलमी जिटी २ प्रोमा १५० डिग्री अल्ट्रा–वाइड क्यामेरा र ४० एक्स माइक्रो-लेन्स क्यामेरा रहेका छन् । रियलमी जिटी ३ को १२/२५६ जिबीको मूल्य ७७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने प्रि-बुकिङमा तीन हजार रुपैयाँ छुट हुनेछ । रियलमी जिटी २ प्रोको १२/२५६ जिबी भेरियन्टको मूल्य एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ रहेको भने र प्रि-बुकिङमा चार हजार रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?