जुलियन असान्जलाई सुपुर्दगीको तयारी

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्जको अमेरिका सुपुर्दगीलाई बेलायती गृहमन्त्री प्रिती पटेलले अनुमोदन गरेकी छन् । निर्णयविरुद्ध अपिल गर्न असान्जालाई १४ दिनको समय तोकिएको छ ।

सन् २०१० र २०११ मा चुहावट भएका कागजातलाई लिएर असान्जलाई अमेरिकी अधिकारीहरूले खोजिरहेका छन् । असान्जले कानून तोडेको र जीवनलाई खतरामा पारेको अमेरिकाले आरोप लगाएको छ ।

विकिलिक्सले चुहावट गरेका अधिकांश कागजात इराक र अफगानिस्तानको युद्धसँग सम्बन्धित छ । सुपुर्दगी हुन नदिन लामो कानुनी लडाइँ लडेपछि असान्जलाई लण्डनको बेलमार्श जेलमा राखिएको छ ।

संदिग्ध व्यक्तिलाई मुद्दाको सामना गर्न सुपुर्दगीले एक देशले अर्को देशलाई सुम्पन अनुरोधका लागि अनुमति दिन्छ । गृहमन्त्रीको आदेशलाई प्रतिक्रिया दिँदै विकिलिक्सले उनको निर्णय विरुद्ध अपिल गर्ने भएको छ ।

असान्जकी श्रीमती स्टेलाले उनका पतिले ‘केही गल्ती नगरेको’ र ‘उनले कुनै अपराध नगरेको’ बताइन् । ‘उहाँ एक पत्रकार र प्रकाशक हो । उहाँलाई आफ्नो कामको लागि सजाय दिइँदै छ’ उनले भनिन् ।

मिडिया कम्पनी विकिलिक्स एक प्लेटफर्म हो जसले अज्ञात स्रोतले प्रदान गरेका वर्गीकृत सामग्री प्रकाशित गर्दछ ।

जमानत उल्लंघनका लागि सन् २०१९ को मे महिनामा बेलायतमा जेल सजाय भोग्दै गर्दा अमेरिकी न्याय मन्त्रालयले असान्जविरुद्ध जासुसी ऐन उल्लंघन गरेको १७ आरोपहरू लगाएको थियो ।

असान्जको कानुनी समूहले इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित विकिलिक्सद्वारा प्रकाशित गोप्य कागजातहरूले अमेरिकी गलत कार्यलाई उजागर गरेको र सार्वजनिक हितमा रहेको दाबी गरेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?