‘मन नहर्ने वा मनलाई छुन नसक्ने कला पनि के कला !’

हिमालय टाइम्स
Read Time = 11 mins
A A- A+

-ज्ञानेन्द्र विवश

काठमाडौं । कलाकार हरिप्रसाद शर्मा नेपाली चित्रकलामा इतिहास, संस्कृति र पुराना जीवनशैलीलाई कलामा उतार्ने सशक्त चित्रकार हुनुहुन्छ । उहाँ प्राचीन सभ्यता, संस्कृति र परम्परालाई कलाका माध्यमबाट जीवन्त र कलात्मक स्वरूपमा आकृतिबद्ध गर्दै जीवनको वयोवृद्ध उमेरमा पुगिसक्नुभएको छ । ८५ वर्षको उमेरमा पनि उहाँले कलाकर्मबाट बिदा लिनुभएको छैन । अहिले पनि उहाँ ऐतिहासिक कलाकारितामा चित्ररचना गरिरहनुभएको छ । उहाँको यो समर्पण र निरन्तरको योगदान नेपाली कलाका लागि अहोभाग्य नै हो ।

कलाकार शर्माका कलारचनामा मूलतस् नेवार समुदायको जनजीवन र संस्कृतिको सग्लो झलक पाइन्छ । उहाँले नेपालको इतिहास तथा आख्यानहरूमा वर्णित घटना, प्रकरण तथा पात्रहरूमा आधारित चित्र पनि उल्लेखनीय सङ्ख्यामा बनाइसक्नुभएको छ । शर्माले चित्रकलामार्फत अतीतको नेपालमा ‘टाइम ट्राभल’ गराउनुहुन्छ ।

कलाकार हरिप्रसाद शर्माको जन्म वि।सं। १९९४ मा काठमाडौंको लगनस्थित गोफल टोलमा पण्डित विश्वनाथ र जानकी देवी शर्माका एक्लो छोराका रूपमा भएको हो । नेवार बस्तीमा जन्मिएर त्यहीं हुर्किनुभएकाले होला उहाँको जीवन र कलामा नेवारी भाषा र संस्कृतिको प्रभाव परेको देख्न सकिन्छ ।

आफ्नो बाल्यकाल सम्झिँदै उहाँ भन्नुहुन्छ– “मेरा पिता भजन गायक हुनुहुन्थ्यो । टोलछिमेकदेखि राणाजीहरूको दरबारसम्म उहाँको ख्याति फैलिएको थियो । भजनकीर्तन आयोजना गरिँदा उहाँलाई राणाजीहरूले निम्त्याइरहन्थे। मेरो मावली नुवाकोट जिल्लाको नर्जाकविलास हो। मामाघर जाँदा म रङ र बुरुस पनि बोकेर जान्थें। त्यहाँ घरका भित्तामा बिहे र जन्तीको लस्करका चित्र बनाउँथें। गाउँलेहरूले ‘ओहो, नेपालबाट आएका भाञ्जा त कस्तो राम्रो दुरुस्तै चित्र बनाउँदा रहेछन्’ भन्दै तारिफ गर्थे । कतिपय गाउँलेले उनीहरूको अनुहार उतार्न आग्रह गर्थे। म खुरुखुरु कागजमा उनीहरूको अनुहार उतारिदिन्थें आफ्नो दुरुस्तै अनुहार देखेर उनीहरू दङ्ग पर्थे।”

उहाँ भन्नुहुन्छ– “मेरी आमा साह्रै स्वाभिमानी स्वभावकी हुनुहुन्थ्यो । मलाई कलामा लाग्न प्रेरित गर्ने पनि उहाँ नै हो । उहाँ चर्खा कात्ने गर्नुहुन्थ्यो। बत्ती बात्ने गर्नुहुन्थ्यो । बुबा चाहिँ अलि ‘बकम्फुसे’ स्वभावको हुनुहुन्थ्यो । राणाजीहरूबाट प्राप्त बकस बाटैमा बाँडेर रित्तो हात घर आइपुग्ने बुबाको नराम्रो बानी थियो ।”

चित्ररचना गर्दा कलाकार शर्माले काठमाडौं उपत्यकाका प्राचीन परिवेश, संस्कृति तथा जीवनशैलीलाई कुशलतापूर्वक अङ्कन गरेको देख्न सकिन्छ । ती चित्रमा दुर्लभ एवम् लोपोन्मुख र विस्मृतप्रायः हुँदै गइरहेको समृद्ध नेवार समाज र संस्कृतिका प्रतिविम्ब देख्न पाइन्छ ।

आफ्नो धारणा राख्दै कलाबारे उहाँ भन्नुहुन्छ– “मन नहर्ने, नबुझिने र मनलाई छुन नसक्ने कला पनि के कला १ हेर्नासाथ बुझिने, मनलाई आनन्दित पार्ने र आत्मालाई सन्तुष्टि दिनसक्ने कला पो कला ”

वि.सं. २०११ सालमा परोपकारमा भएको सामूहिक कलाप्रदर्शनीमा आफू सर्वप्रथम सहभागी भएको उहाँ बताउनुहुन्छ । वि.सं. २०१३ सालमा भएको चौथो विश्व बौद्ध सम्मेलन र वि.सं. २०१४ सालमा भएको घरेलु प्रदर्शनीमा उहाँका कलाकृतिहरू प्रदर्शित थिए । उहाँको पहिलो एकल कलाप्रदर्शनी वि.सं. २०३० मा भएको थियो ।

वि।सं। २०६७ सालमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा उहाँको भव्य कलाप्रदर्शनी भएको थियो । ‘प्राचीन र मध्यकालीन काठमाडौं उपत्यकाका झाँकीहरू’ शीर्षकको सो प्रदर्शनीमा राखिएका तेलरङमा रचित उहाँका झण्डै साठी थान चित्ररचना हेर्न आउने दर्शकको अपार भीड लागेको थियो । प्रदर्शनीको उद्घाटन उहाँका गुरु एवम् कलाकारद्वय जीवरत्न शाक्य र कालिदास श्रेष्ठका हातबाट सम्पन्न भएको थियो ।

ती चित्ररचनामा कलाकारले काठमाडौं उपत्यकाका प्राचीन परिवेश, संस्कृति तथा जीवनशैलीलाई अत्यन्त कुशलतापूर्वक अङ्कन गरिएको देख्न सकिन्छ । ती चित्रमा दुर्लभ एवम् लोपोन्मुख र विस्मृतप्रायस् हुँदै गइरहेको समृद्ध नेवार समाज र संस्कृतिका प्रतिविम्ब देख्न सकिन्छ ।

आफ्ना चित्ररचनामा कलाकार शर्मा त्यो बेलाका घर, पाटीपौवा, सत्तल, मन्दिर, बहाल, चोक, पोखरी, ढुङ्गेधारा आदिका पृष्ठभूमिमा घ्वाँइकासास्, साँढेजुधाइ, फागु, खटजात्रा, भैरवजात्रा, शवयात्रा, बाजा बजाउने टोली, धार्मिक अनुष्ठानमा संलग्न गुभाजु, खर्पन बोकेका किसान, बाँडाको ज्यासल आदि विषयलाई जीवन्त पारामा उतार्नु हुन्छ । अतस् उहाँका कलाकृतिहरू प्राचीन काठमाडौं उपत्यकाको चित्रात्मक अभिलेख नै हुन् ।

आफू लिच्छवि र मल्लकालीन कलाकृतिबाट अत्यधिक प्रभावित रहेको उहाँ बताउनुहुन्छ । तत्कालीन जुद्धकला पाठशालामा सामान्य सिकेर स्वाध्ययनमा आफूले बढी जोड दिएको उहाँ बताउनुहुन्छ । वि.सं. २००५ मा उहाँले छिमेकमा बस्नुहुने मास्टर जीवरत्न शाक्यसँग चित्रकला सिक्नुभएको थियो । आज बयोवृद्ध उमेरसम्म पनि हरिप्रसाद शर्मा नित्य चित्ररचना गर्नमा मग्न हुनुहुन्छ । उहाँ जलरङ, तेलरङ र पेन-एन्ड-इन्कमा दक्ष शिल्पी हुनुहुन्छ ।

बोलिरहनुपर्ने हँसिलो स्वभावका कलाकार शर्मासँग विगतका स्मृतिहरू सरासर बेलिविस्तार भन्न सक्ने स्मरण क्षमता पनि बलियो छ । युवावस्थामा काठमाडौं र सेरोफेरो हुने कुनै पनि जात्रापर्व भनेपछि आफू जोसपूर्वक भाग लिन जाने गरेको उहाँ बताउनुहुन्छ । आज पर्यन्त ती जात्रापर्वलाई चित्रमा उतार्न औधी मन पर्ने पनि उहाँ बताउनुहुन्छ ।

आफ्नो चित्ररचना प्रक्रियाबारे उहाँ भन्नुहुन्छ– “कुनै जात्रापर्व वा ऐतिहासिक घटनाबारे चित्ररचना गर्नुअगाडि म त्यससँग सम्बन्धित ग्रन्थ, आख्यान, इतिहास आदि अध्ययन गर्छु । स्थानीय बूढापाकासँग घन्टौं गफिएर कुरो खोतल्छु । नेपाल ९नेवारी० भाषामा मेरो राम्रो दख्खल भएकोले पनि कुरा गर्न सजिलो हुन्छ । चित्रमा सजीवता ल्याउनका लागि म यहाँका प्राचीन वास्तुकला, पहिरन, आभूषण आदिको सूक्ष्म अध्ययन गर्छु । त्यसपछि मात्र चित्ररचनालाई मूर्त रूप दिन थाल्छु ।”

कलाकार हरिप्रसाद शर्माले क्रमश वि.सं. २०५९, २०६०, २०६७, २०६९, २०७१, २०७२ र २०७६ सालमा काठमाडौं, ललितपुर र भक्तपुरमा एकल कलाप्रदर्शनीहरू सम्पन्न गर्नुभएको छ । उहाँले ललितकला दीर्घ सिर्जना सम्मान वि.सं. २०६४०, स्रष्टा अभिनन्दन वि.सं. २०६६०, नन्दादेवी खनाल लाइफ टाइम एचिभमेन्ट स्पेसल आर्टिस्ट अवार्ड वि.सं. २०७००, नरबहादुर गुरूङ पुरस्कार, विसं. २०७००, कलाकार केशव दुवाडी स्मृति सम्मान, वि.सं. २०७२०, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान वि.सं. २०७३०, मदन भण्डारी राष्ट्रिय पुरस्कार वि.सं. २०७५०, जनमत–महेन्द्रलाल कलाकार सम्मान वि.सं. २०७५० आदि कला पुरस्कार र सम्मानहरू पाइसक्नुभएको छ ।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?