मेक्सिको सिटी
मेक्सिकोको एउटा सहरमा एउटा जनाबर सडकमा घुमिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उक्त जनावरलाई बंगाल टाइगर बताइएको छ । भिडियो मंगलबार मेक्सिकोको नायरित राज्यको टेकुआलामा खिचिएको हो ।
भाइरल भिडियोमा बाघलाई देखेर स्थानीय चकित बनेका छन् । सिनालोआको सिमानामा बाघलाई समातेको पर्यावरण संरक्षणका लागि महान्यायाधिवक्ता (पीआरओएफइपीए)ले जनाएको छ ।
सिड्नी मर्निङ हेराल्डका अनुसार टेकुआलाको सडकमा बंगालको बाघ घुमिरहेको रिपोर्ट प्राप्त भएपछि पक्राउ गरिएको थियो । सहरमा बाघसँग जम्काभेट भएपछि एक युवती चिच्चाएकी थिइन् । भिडियो फुटेजमा बाघ कसैलाई पर्खिरहेको र एक जना मानिसले आफ्नो घाँटीमा डोरी बाँधेर जनावरलाई लिएर गएको देख्न सकिन्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बाघको पञ्जा हटाइएको थियो । बाघलाई अवैध रुपमा पालिएको अनुमान गरिएको छ ।
भिडियोलाई ट्वीटरमा हजारौँ पटक सेयर र लाइक गरिएको छ । यस वर्षको अप्रिलमा जंगलमा छाड्नका लागि भारतको आसामको सुन्दरवनमा डुंगाबाट हाम फालेको रोयल बंगाल टाइगरको भिडियोले इन्टरनेटलाई उन्माद बनाएको थियो । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच