हुम्लाका ५७ विद्यार्थीमा ठेउला रोग देखिएको आशंका

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रवासमा बस्दै आएका ठूलो संख्यामा विद्यार्थीलाई ठेउला (चिकेनपक्स) रोग देखिएको आशंका गरिएको छ । नाम्खा गाउँपालिका–४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुुसार एक जना विद्यार्थीमा देखिएको आशंका गरिएको ठेउला रोग ५७ जना विद्यार्थीमा सरेको बताउनुभयो । विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको पनि देखिएको छ । ठेउला रोग सरेका विद्यार्थीमा अनुुहार, शरीर र पाखुुराभरि ठेउलाजस्तै फोका आएका छन् । बिरामी विद्यार्थीको शरीरमा आएको बिरामीको लक्षण हेर्दा ठेउला भएको हुन सक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमुना संकलन गर्न चिकित्सकको टोली विद्यालयतर्फ लागेको स्वास्थ्य सेवा कार्यालय प्रमुख सिंहले बताउनुभयो ।

चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको बताइएको छ । विद्यालयमा पुुगेपछि बिरामी विद्यार्थीको उपचार गर्ने र नमुना संकलन गर्ने कार्य सँगै हुनेछ । यसको जानकारी विश्व स्वास्थ्य संगठन र रोग नियन्त्रण महाशाखा सुर्खेतलाई गरिसकिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?