टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कपिलवस्तु

कपिलवस्तुको गौडीचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका–३ भिक्षुचोक बस्ने ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई आज बिहान ११ बजे ठक्कर दिएको थियो ।

टिपर सहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?