टस जितेर नेपालले थाल्यो ब्याटिङ

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ । श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आइतबारको खेल जिते युगान्डाले श्रृंखला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ ।

त्यसैले नेपाल आइतबारको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो । यसपछि दुई खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?