जिल्ला समन्वय समिति भोजपुरको वेवसाइड नै अपडेट हुँदैन

Read Time = 2 mins

भोजपुर । जिल्ला भित्र रहेका पालिकाहरुसँग समन्वय गर्ने जिम्मा जिल्ला समन्वय समितिले पााएको हुन्छ । सवै स्थानीय तहसँग समन्वय गर्ने र अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समिति भोजपुरको वेवसाइड भने अहिलेसम्म पनि पुरानै छ ।

जनशक्ति अभावका कारण जिल्ला समन्वय समिति भोजपुरले पुराना पदाधिकारीहरुको नाम समेत अहिलेसम्म हटाउन सकेको छैन । जिल्ला समन्वय समितिको निर्वाचन भएर नयाँ जनप्रतिनिधी आईसक्दा समेत वेवसाइडमा नाम पुरानै राखिएको छ । त्यति मात्र होइन अहिलेसम्म जिल्ला समन्वय अधिकारीको नाम समेत पुरानै राखिएको छ । बेवसाइडमा नाम भएका राजकुमार शाक्य हाल जिल्लाको हतुवागढी गाउँपालिका भोजपुरका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

समन्वय प्रमुखमा समेत कमल थुलुङ राई निर्वाचित भएर आउनु भएको छ तर अहिलेसम्म प्रमुखको नाम पनि पुरानै प्रमुख लक्ष्मण खडकाको नै छ भने उपप्रमुखमा भने अनिशा खडकाको नै कायम छ । जिल्ला समन्वय समितिमा बिगत लामो समय देखि नै समन्वय अधिकारी आएका छैनन् । हाल निमित्त दिएर कार्यालय चल्दै आई रहेको छ । जिल्ला विकास समिति जस्तो चहल पहल नहुने भएकाले जिल्ला समन्वय समितिमा कर्मचारी समेत कोही आउन मान्दैनन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?