Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

बैतडी जिसस बैठकको निर्णय : नयाँ गाडी र पाहुना घर चाहियो

Read Time = 1 min
A A- A+

बैतडी । जिल्ला समन्वय समिति बैतडीले प्रदेश र संघीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउँ भनि अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको पहिलो बैठकले यस्तो निर्णय भएको हो ।

समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू बिग्रन लागेको र कामकाजका लागि समस्या भइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले जानकारी दिनुभयो ।

यसैगरी, आइतबारकै बैठकबाट जिससको पाहुना घर पुर्ननिर्माणको लागि पनि प्रदेश सरकार समक्ष बजेट ब्यवस्थापनको माग गरेको छ । समन्वय समितिको कार्यालयमा रिक्त कर्मचारीहरू पदपुर्तिको लागि माग गर्ने निर्णय पनि भएको छ ।

जिल्ला समन्वय समितिको जिल्ला सभा पनि ३२ असारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?