कांग्रेस बिपीका नेताहरू राप्रपामा प्रवेश

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गर्नुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस बिपी उपाध्यक्ष सुदर्शन सिटौला, सहमहामन्त्री दिपक कार्कीसहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराउनु भएको हो ।

राप्रपा पार्टी कार्यालयमा धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले उहाँहरूलाई राप्रपामा प्रवेश गराउनु भयो।

कांग्रेस बिपीका केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुव थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायतका नेताहरू राप्रपामा प्रवेश गर्नुभएको छ ।

साथै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठ पनि राप्रपामा प्रवेश गर्नुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?