बैतडीबाट १८ वर्षीया युवती बेपत्ता

Read Time = 1 min
A A- A+

बैतडी । बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका–८ की १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उहाँका श्रीमान् रमेश बोहराले बताउनु भयो । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिनुभएको छ ।

प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?