काठमाडौं । नेटोका प्रमुख रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताउनु भएको छ। उहाँले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताउनु भयो ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलाई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताउनु भएको छ ।
जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताउनु भएको थियो।
जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार पठाउँदा युक्रेनको जीतको सम्भावना बढ्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।
पश्चिमी देशहरुको सैन्य गठबन्धन नेटोका प्रमुखले युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्नाले डोनबासको क्षेत्रलाई स्वतन्त्र गराउने सम्भावना बढ्ने बताएउनु भयो। यस क्षेत्रको ठूलो भाग रुसको नियन्त्रणमा गएको छ ।
पछिल्लो केही महिनादेखि रूस र युक्रेनका सैनिक देशको पूर्वी क्षेत्रलाई आफ्नो पकड बलियो बनाउन लडिरहेका छन् ।
-एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच