-देवेन्द्र खड्का
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपाकिकाले नगरको आर्थिक श्वेत पत्र जारी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरि नगरपालिकाले नगरको आर्थिक अवस्थाका बारेमा श्वेत पत्र जारी गरेको हो ।
भीमदत्त नगरपालिकाले जारी गरेको आर्थिक श्वेत पत्र अनुसार अघिल्लो स्थानीय सरकारका पालमा नगरपालिकाले ३९ करोड, ३३ लाख, ८८ हजार, ८३८ रुपैयाँ तिर्न बाँकी रहेको छ । अघिल्लो सरकारका पालामा नगर भित्रका भए गरेका सम्पूर्ण गतिविधिहरूको बारेमा जानकारी लिँदा आफुहरुले कार्यभार सम्हाल्दाका बखत नगरपालिकाले ३९ करोड ३३ लाख ८८ हजार ८३८ रुपैयाँ तिर्न बाकीँ रहेको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवम् नगर प्रवत्ता महेन्द्र खड्काले बताउनुभयो ।
‘नगरपालिकाको पूँजिगत तर्फ हालसम्मको भुक्तानी गर्न बाकीँ रकम नगरपालिकाको प्रशासनिक भवनको संघबाट प्राप्त हुने सम्पुरक रकम ६ करोड ७५ लाख बाहेक कुल पूँजिगत तिर्न बाकीँ रकम ३८ करोड ६८ लाख ४१ हजार ९९८ रहेको छ ।’ उहाँले भन्नुभयो ‘र चालु (दायित्व) तिर्न बाकीँ रकम ६५ लाख ४६ हजार ८४० गरि जम्मा ३९ करोड ३३ लाख ८८ हजार ८३८ रुपैयाँ नगरपालिकाले तिर्नुपर्ने छ ।’
उहाँले अगाडी थप्नुभयो, ‘यस बाहेक अरु कुनै दायित्व भए छानविनको क्रममा आउन सक्ने भएकोले सो बारेपनि पछि सार्वजनिक गर्नेछौँ ।’ तिर्नुपर्ने रकममध्ये बढी निर्माण कम्पनीलाई रहेको प्रवत्ता खड्काले बताउनुभयो । उहाँकाअनुसार अघिल्लो सरकारका पालामा इन्धन तथा मर्मतखर्चमा पारदर्शीता नअपनाएको, स्रोतको (बजेट) सुनिश्चितता नगरि बोलपत्र आह्वान गरि ठेक्का पट्टा गरिएको, स्रोतले धान्नै नसक्ने गरि डिपिआर बनाउन रकम खर्च गरिएको, स्रोतले धान्नै नसक्ने गरि कर्मचारी भर्ना गरिएको र विकास निर्माणका काम ठूलो मात्रामा कोटेशनमार्फत गराइएकाले नगरपालिकालाई आर्थिक भार परेको हो ।
नगर प्रवत्ता खड्काले अब आफूहरू नगरपालिकाले तिर्नुपर्ने उक्त रकम तथा दायित्वलाई आन्तरिक स्रोतले मात्रै धान्न नसक्ने हुदाँ संघ र प्रदेश सरकारसँग पहल गर्दै वित्तिय दायित्वलाई क्रमश घटाउदैँ आवश्यक कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताउनुभयो । यस्तै नगरपालिका भित्र भएका अनियमितालाई छानविनको दायरामा लयाएर पारदर्शीता तथा सुशासन कार्यम गर्ने, अघिल्लो सरकारले गरेका असल कामलाई निरन्तरता दिने, बोझिलो कर्मचारी संयन्त्रका कारण नगरपालिकालाई परेको आर्थिक भारलाई न्यून गर्न संगठन सर्वेक्षण अनुसार आवश्यकता र औचित्यको आधारमा दरवन्धि पुनरावलोकन गरिने नगर प्रवत्ता खड्काको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच