काठमाडौं । वसुन्धारा नेसनल एकेडेमी (बिएनए) र एन्जल्स हार्ट छैटौँ स्किब्स कप अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
बिएनएले आयोजक स्किब्सलाई ९-४ तथा एन्जल्स हार्टले इेडेन ब्रिज एकेडेमी (इबिए) लाई १२-३ ले पराजित गरे । सिनियर ब्वाइजमा त्रिज्योति र ग्रिनल्यान्डले उपाधि भिडन्त पक्का गरे । त्रिज्योतिले महामञ्जुश्रीलाई १७-१६ को झिनो अन्तरले हरायो । ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि २१–१७ को जित दर्ता गर्यो ।
सिनियर गल्र्समा एनसिसिएस र निम्स ‘ए’ ले फाइनल यात्रा तय गरे । एनसिसिएले भ्याली पब्लिकलाई १०-८ ले पाखा लगायो । काष्ठमण्डपविरुद्धको प्रतिस्पर्धामा निम्स ‘ए’ ४-३ ले विजयी भयो ।
स्टाफतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा काष्ठमण्डपले इन्साइट भिजन तथा महामञ्जुश्रीले निम्सविरुद्ध खेल्नेछन् । स्टाफको विधा पहिलोपटक राखिएको हो । विजेताले १० हजार र उपविजेताले पाँच हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच