विजेनले जिते मास्टर्स ट्राइयाथलन उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल ट्राइयाथलन संघले ओलम्पिक डेका अवसरमा आयोजना गरेको दोस्रो मास्टर्स ट्राइयाथलनको व्यक्तिगततर्फको उपाधि विजेन श्रेष्ठले जित्नुभएको छ । विजेनको यो दोस्रो उपाधि हो । उहाँले यसअघि पनि यो उपाधि जित्नुभएको छ ।

बोडे, मध्यपुरठिमीस्थित जयश्री सिद्धिगणेश पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा दोस्रो स्थानमा विशाल केसी र तेस्रो स्थानमा अमग्य श्रेष्ठ रहनुभयो । ट्राइयाथलन संघसँग आबद्ध व्यक्तिहरूका बीच आयोजना भएको प्रतियोगितामा १०० मिटर पौडी, ३.५ किमी साइक्लिङ र एक किमी दौड रहेको थियो ।

प्रतियोगिताको रिलेतर्फ अभिनाश श्रेष्ठ, अभिषेक शाक्य र इजेश श्रेष्ठको समूहले पहिलो स्थान हात पा¥यो । दोस्रो स्थानमा आनन्द लेप्चा, गाय रोगिज र राम कस्यपको समूह तथा तेस्रो स्थानमा निशान श्रेष्ठ, सम्युक प्रजापती र निशा श्रेष्ठको जोडी रहनुभयो ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं नेपाल ट्राइयाथन संघका उपाध्यक्ष धिरजप्रताप सिंहले मेडल तथा संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा नेपाल ट्राइयाथलन संघले आफ्ना उपाध्यक्षलाई नेपाल सरकारले हालै महानिरीक्षकमा पदोन्नति गरेकोमा सिंहलाई प्रशंसा पत्रले सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना प्रदान गरेको थियो । प्रतियोगितामा करिब १०० जनाको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?