१२ स्वर्णसहित नेपाल च्याम्पियन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मित्र राष्ट्र भारतको जयपुरमा आयोजना भएको आइएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडियुएन) ले नेपालका लागि १२ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गर्दै नेपाललाई टिम च्याम्पियन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्रप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा केसी (१३ वर्ष), झरना केसी (१४ वर्ष), सुरोज राजबाहक (१५ वर्ष), एन्जीला राई (१६ वर्ष), शाहिल घले (१६ वर्ष), सर्मिला वाइबा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), वर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ (६८ केजीमाथि) रहनुभएको छ । यसैगरी नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाउनुभयो ।

ADVERTISEMENT

यस्तै रूपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजीमुनि) ले रजत पदक प्राप्त गर्नुभएको छ । सुरेन्द्र तामाङ (६७ केजी) र सञ्जय महर्जन (८४ केजीमाथि) ले कास्य पदक प्राप्त गर्न सफल हुनुभएको थियो । प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, सात महिला र नौ पुरुष गरी १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरी २३ सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?