काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को कार्यसमिति निर्वाचन सोमबार (आज) काठमाडौंमा हुँदैछ । आगामी चारवर्षे कार्यकालका लागि एन्फा चुनाव आज हुन लागेको हो । एन्फाको निर्वाचन समितिले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलसहित निर्वाचनमा होमिएका छन् । बुढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा हुन लागेको निर्वाचनमा अध्यक्षको अर्को उम्मेदवारका रूपमा फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल पनि उठ्नुभएको छ ।
नेम्वाङ समूहको वरिष्ठ उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका प्रतिनिधि वीरबहादुर खड्का हुनुहुन्छ । यस्तै, काठमाडौं अध्यक्ष विराटजंग शाही, धादिङका अध्यक्ष दीपक खतिवडा, बी डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइज क्लबका अध्यक्ष दावा लामा र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी उपाध्यक्ष पदको उम्मेदवारमा हुनुहुन्छ ।
नेम्वाङ समूहको सदस्य पदमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिली, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकासनारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रवीण सुवाल, तपेश्वरकुमार राउत तथा महिला सदस्यमा वृन्दा देवान र सरला श्रेष्ठ रहनुभएको छ ।
कर्माछिरिङ शेर्पाको प्यानलको उपाध्यक्षमा ‘ए’ डिभिजनबाट रेलिगेट भएर ‘बी’ डिभिजनमा पुगेका सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा हुनुहुन्छ । यस्तै उपाध्यक्ष पदमा विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, दीर्घबहादुर (कुमार) केसी र रत्नकुमार श्रेष्ठ रहनुभएको छ ।
कर्माको प्यानलबाट सदस्यका लागि अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यञ्जनकार, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठौर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रवीणकुमार यादव, रामराज गुरुङ, मणिराज विष्ट, टिका लामा रहनुभएको छ । महिलातर्फ पेमा डोल्मा लामा र विना श्रेष्ठ सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि शेर्पाले कोभिड महामारीका कारण सोचेअनुसार काम गर्न नपाएको भन्दै अब आफूले काम गर्न चाहेको बताउनुभयो ।
‘महामारीको समयमा लिगलाई निरन्तरता दियौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना तथा सहभागिता जनायौँ । यो कोभिडको समयमा हामीले ३४ अन्तर्राष्ट्रिय खेल र खेलाडीलाई १२० दिनभन्दा बढी सुविधासम्पन्न होटेलमा राख्यौँ,’ शेर्पाले भन्नुभयो ।
यस्तै नेम्वाङले नेपाली फुटबललाई अघि बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । ‘परिवर्तनका लागि समूह एकता, आर्थिक पारदर्शितालगायत मुद्दा उठाएका थियौँ । तर, क्षणमै हरायो । आर्थिक अनियमितामा चरममा पुग्यो । फिफाले अनेक कम्पनी पठाएर अडिट गरेको छ । नेपाललाई दिने ग्रान्टबाट काटिएको छ । त्यसैको सुधारका लागि मैले उम्मेदवारी घोषणा गरेको छु,’ उहाँले भन्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको