श्रीलंकामा एक हप्ताका लागि सरकारी कार्यालय बन्द

हिमालय टाइम्स
Read Time = 1 min

कोलम्बो । श्रीलंकामा एक हप्ताका लागि सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ । सोमबार श्रीलंकाको सरकारले इन्धन संकटका कारण सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।

इन्धनको खपत कम गर्नका लागि श्रीलंकाको सरकारले कम्तीमा एक साता सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा पछिल्ला दिनहरूमा इन्धन संकटसमेत देखिन थालेको छ । न्यूनतम कर्मचारीबाट काम गर्ने नीतिअन्तर्गत त्यहाँको सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।

‘डेली मिरर’का अनुसार बिजुली आपूर्तिमा समस्या भइरहेको श्रीलंकाको शिक्षा मन्त्रालयले सरकारी तथा निजी विद्यालयहरूलाई आगामी साता अनलाइन कक्षा लिनका लागि भनिसकेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?