काठमाडौं । दुई दशकभन्दा लामो इतिहास बोकेको चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सव मनाएको छ । सोही अवसरमा संघले तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिबार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गर्नुभयो ।
समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गरियो । यस्तै दिवाकर मैनाली र आर.डी.शृंखलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो । त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत हुनुभयो ।
२०७८ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र सोही वर्षको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित हुनुभयो । २०७९ सालको ‘चलचित्र पत्रकारिता पुरस्कार’ भने नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई प्रदान गरियो ।
त्यस्तै, २०७९ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटोग्राफर उद्धव रसाइली र सोही सालको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ हेटौंडाका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी ५१ हजार र मोफसल चलचित्र पत्रकारिता पुरस्कारको राशी २५ हजार थियो । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मान तथा पुरस्कार वितरण समारोहमा कलाकारहरू राजेश हमाल, भुवन केसी, सरोज खनाल, कृष्ण मल्ल, दीपाश्री निरौला, रामबाबु गुरुङ, मनिराम पोखरेल, सुरेन्द्र पौडेल, हिमाल केसी, पुनम गौतम, शर्मिला पाण्डे, ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल, हाइलाइट्स नेपालका जनक तामाङ, श्रीयन्त्र कन्सोलका नविन प्रजापति, शंकर पाण्डे, अर्जुन कुमार, चलचित्र संघका पूर्वअध्यक्ष तथा निर्माता प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार निर्मल शर्मालगायतको उपस्थिति रहेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम