तेस्रो नेपाल म्युजिक एण्ड फेशन अवार्ड : ४१ विधामा संगीतकर्मी र ८ विधामा फेशनकर्मीलाई प्रदान

Read Time = 10 mins

काठमाडौं । तेस्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२ शुक्रबार बेलुका काठमाडौंमा सम्पन्न भएको छ । गीतसंगीततर्फ ४१ विधामा र फेशनतर्फ ८ विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो ।

यस वर्षको सर्वोउत्कृष्ट आधुनिक गीत गायकको अवार्ड यश कुमारले तिम्रो मन बदलिएछ गीतबाट जिते भने गायिकाको अवार्ड कमला रिसालले आमाको काखै प्यारो गीतबाट चुम्नुभयो । धनवीर गीतबाट अञ्जु पन्तले वर्षको पपुलर गायिका र धनवीर गीतबाटै बी पाण्डेले सर्वोत्कृष्ट गीतकारको अवार्ड चुम्नुभयो । महिला गीतकारको अवार्ड यस्तो मायाँबाट निशा अर्यालले, संगीतकारको अवार्ड बलेको आगोबाट सुनिल राईले हासिल गर्नुभयो ।

आधुनिक विधामै आधुनिक गायकको अवार्ड राजकुमार सिंह र गीतकारको अवार्ड प्रकाश योञ्जनले हासिल गर्नुभयो । यस्तै आधुनिक गीत म्युजिक भिडियोतर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड जोगी बनायौबाट रमेश थापा, महिला मोडलको अवार्ड तिम्रो आकर्षणबाट प्रतीक्षा काफ्लेले, म्युजिक भिडियो निर्देशकको अवार्ड एकै नजरमाबाट केशवराज भट्टले, कोरियोग्राफरको अवार्ड झिमिक झिमिकबाट संदीप भुजेलले र भिडियो निर्देशक नै डायस्पोराको अवार्ड प्रभु गुरुङले प्राप्त गर्नुभयो ।

वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड टाढा भए पनि गीतबाट अस्मिता अधिकारीले, वर्षकै लोकप्रिय पुरुष मोडलको अवार्ड तातो गोली–२ बाट निश्चल बस्नेतले र वर्षकै लोकप्रिय महिला मोडलको अवार्ड टाढा भए पनिबाट मल्लिका महतले चुम्नुभयो । वर्षको सर्वोत्कृष्ट युगल मोडलको अवार्ड खुशी साटौं गीतबाट सवीन श्रेष्ठ र अनु शाहले जित्नुभयो ।

अवार्ड समारोहमा सर्वोत्कृष्ट लोक दोहोरी गीत भिडियो निर्देशकको अवार्ड बरको हाँगोबाट निरेन श्रेष्ठ, भिडियो निर्देशनमै जुरी अवार्ड दीपेन्द्र तिमल्सिनाले, सर्वोत्कृष्ट लोक दोहोरी गीत भिडियो नृत्य निर्देशकको अवार्ड चिया पकाउबाट सुवास बुढाथोकीले हासिल गर्नुभयो ।

सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड गायक पूर्णबहादुर राईले हाम्रो साझा हिमाल गीतबाट, सर्वोत्कृष्ट गजल गायनको अवार्ड तिम्रो यादबाट सानुबाबु महर्जनले र गजलमा जुरी अवार्ड अँधेरीमाबाट सुवर्णकुमार श्रेष्ठले चुम्नुभयो ।

यस्तै पपतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड मुना तिमीबाट विश्व गौंडेलले सर्वोत्कृष्ट गायकको अवार्ड सासबाट अंकित श्रेष्ठले, गायनमै जुरी अवार्ड मन त यो हरामीबाट चिरञ्जीवी भण्डारीले र पब्लिक च्वाइस अवार्ड मेरी डल्लीबाट नवीन पौडलले, गायिकाको अवार्ड मन बुढो भएनबाट बेनिशा पौडलले, संगीतकारको अवार्ड सरोज प्याकुरेलले, महिला गीतकारको अवार्ड प्रतिमा गुरुङले हासिल गर्नुभयो ।

यस्तै पपतर्फ नै भिडियो पुरुष मोडलको अवार्ड ओ मेरोबाट प्रकाश श्रेष्ठले, जुरी अवार्ड तिम्रो नाममाबाट रञ्जित सिञ्जाली मगरले, पप गीत महिला मोडलको अवार्ड पागल बन्दैछुबाट मेलिन गुरुङले, आधुनिक पप गीत महिला मोडलको अवार्ड म तिम्रै हुँबाट साक्षी लम्सालले, पप गीत भिडियो निर्देशकको अवार्ड पागल बन्दैछुबाट लक्षु गौतमले, पपगीत कोरियोग्राफरको अवार्ड पूर्वदेखिबाट कृष्ण रसालले र नवमोडलको अवार्ड विकास विश्वकर्माले जित्नुभयो । यस्तै मौलिक गीतको अवार्ड गदरसा (थारू लोक) गीतबाट निकिता विकले हासिल गर्नुभयो ।

यस्तै लोक गीत विधातर्फ सर्वोत्कृष्ट गायनमा असारै मास गीतबाट अलिफ खानले म्युजिक भिडियोतर्फ पुरुष मोडलको अवार्ड जाला जोवनबाट सागर लम्साल (बले), महिला मोडलमा चर्को घामबाट सञ्चिता शाहीले, भिडियो निर्देशनमा कोल्की हाम्रो गाउँबाट उमेश गुरुङले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड साली ज्यूबाट जोगेन्द्र केसीले र सर्वोत्कृष्ट लोक पप गीत महिला मोडलको अवार्ड घरमा आइस्यो गीतबाट सृष्टि खड्काले हासिल गर्नुभयो ।

यस्तै लोक दोहोरी विधातर्फ सर्वोत्कृष्ट लोक दोहोरी गीत गायकको अवार्ड मुख छोपी रुनबाट कृष्ण कँडेलले, गायिकाको अवार्ड करिमैको दोषबाट चन्दा अर्यालले, संगीतकारको अवार्ड हजुर मुसुक्कैबाट शुरेश अधिकारीले जित्नुभयो । यस्तै लोक दोहोरी गीत म्युजिक भिडियोतर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड भुरुरु उडेर चरीबाट कृष्ण सापकोटाले, पुरुष मोडलकै जुरी अवार्ड जितबहादुर रावतले, महिला मोडलको अवार्ड साया भण्डारीले, लोक दोहोरी गीत भिडियो सम्पादकको अवार्ड राजकुमार मगरले प्राप्त गर्नुभयो ।

यस्तै भाषाभाषीतर्फ तामाङ भाषाको गीतको अवार्ड माथि-माथिबाट राज शुक्र लिम्बूले, थारू भाषाको प्रतिस्पर्धामा गीतकार, संगीतकार र गायक गरी तीनवटै अवार्ड सखिया होबाट राजेन्द्र शर्माले चुम्भयो । नेपाल भाषातर्फ गीतकारको अवार्ड बुलु–बुलबाट उत्तम मानन्धरले, सर्वोत्कृष्ट संगीतकारको अवार्ड बुलु-बुलुबाटै जुगल डंगोलले र गायकको अवार्ड नुग : या मिखाबाट सानु बाबु महर्जनले जित्नुभयो ।
कार्यक्रमको जुरीमा वरिष्ट गायक सीताराम पोखरेल, गीतकार डब्बु क्षत्री, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, गायक कृष्ण भट्टराई, संगीतकार शंकर थापा ‘स्माइल’ र ध्वानि सम्पादक मनोज परियार हुनुभयो ।

यस्तै फेशनतर्फ पेजेन्ट कोरियोग्राफरको अवार्ड अश्विनी कान्त झाले, वेष्ट मेकअप आर्टिष्ट (मेल) अवार्ड टेकराज पाण्डेले, मेकअप आर्टिष्ट (फिमेल) अवार्ड जमुना पुनले, वेष्ट फेशन मोडल (मेल)को अवार्ड रणधीर शाहले, पिजेन्ट डिरेक्टर (मेल) अवार्ड निशुकान्त झाले, पिजेन्ट डिरेक्टर (फिमेल) अवार्ड प्रतिमा कार्कीले र इभेन्ट म्यानेजमेन्ट कम्पनी अफ द इयर अवार्ड रिबन इन्टरटेनेमन्टले हासिल गर्नुभयो ।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले गीत संगीत तथा फेशन क्षेत्रका श्रष्टालाई अवार्ड प्रदान गर्दै उनीहरूलाई आफ्नो क्षेत्रमा लाग्न आफूले अझ हौसला बढाएको बताउनुभएको थियो । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनद्धारा आयोजित समारोहमा सो अवार्डको उद्देश्यबारे कार्यक्रम निर्देशक बालकृष्ण पोखरेल र प्रबन्ध निर्देशक सरिता भारतीले प्रकाश पार्नुभएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Sabin shrestha
Sabin shrestha
2022-06-21 1:38 pm

Yo newspaper ni paucha sir?
Office ko num pauna sakincha?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?