विश्व बैंकसँग तीन अर्ब डलरको वित्तीय सहकार्य

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच आइतबार भेटवार्ता भएको छ । सो अवसरमा मन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको बताउँदै विश्व बैंकले कोरोनापछिको परिस्थितिसँग जुध्न प्रदान गरेको एक सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि धन्यवाद दिनुभयो ।

अर्थ मन्त्रालयका अनुसार सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरका २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निकै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ ।’ सो अवसरमा आर्थिक वर्ष ०७९-०८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेको बताइयो ।

विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको विकास साझेदारका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत् नेपालको समग्र विकास प्रणालीमा सघाउ पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?