नबिललाई कतार एयरवेजमा छुट

Read Time = 1 min

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । जसअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यमा लागू हुनेछ र हवाई टिकट खरिदमा १० प्रतिशत छुट पाउनेछन् ।

आइतबार आयोजित एक कार्यक्रमबीच नबिलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार बिजनेस तथा इकोनोमी क्लास हवाई टिकटमा उक्त १० प्रतिशत छुट लागू हुनेछ । बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजका प्रतिनिधिलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?