सिटिजन्सको शाखारहित सेवा भवाडीमा

Read Time = 1 min

काठमाडौंं । सिटिजन्स बैंक इन्टरनेसनलले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रमदैया भवाडीमा ९४औँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । शाखारहित सेवा सञ्चालनका लागि बैंकले स्थानीय व्यवसायी शम्भु यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?