जडिबुटीमा पनि फाबेर होम अप्लाइन्सको शोरुम

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लाइन्स ब्रान्ड फाबेरले विगत दुई वर्षको अन्तरालमा नेपालमा छवटा फाबेर प्लाटिनियम स्टुडिओस विस्तार गरेको छ । जसमा तीनवटा काठमाडौं, एउटा विराटनगर, एउटा बिर्तामोड र एउटा पोखरामा रहेका छन् । कम्पनीले पछिल्लोपटक काठमाडौंको जडिबुटीमा नयाँ स्टोर खोलेसँगै स्टुडिओसको संख्या सात पुगेको छ । नेपालका लागि फाबेरका राष्ट्रिय प्रबन्धक गोपाल मेहताले फाबेर नेपालले आगामी दुई महिनाभित्र थप दुई स्टोर नारायणगढ र बुटवलमा सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

नेपालमा उक्त ब्रान्ड भिœयाउने काम युएचएस होल्डिङ्स प्रालिले गर्दै आएको कम्पनीका अध्यक्ष पुरुषोेतम न्यौपानेले बताउनुभयो । फाबेर ब्रान्ड होम अप्लाइन्स ब्रान्ड हो, जसले आफ्ना उत्पादन तथा प्रविधिका कारण अन्तर्राष्ट्रियस्तरमै छट्टै पहिचान बनाएको छ ।

इटालीबाट सुरु भएर विश्वव्यापीरूपमा विस्तार गर्नेक्रममा फ्रान्समा रोब्लिन, स्पेनमा मेपाम्सा र अर्जेन्टिनामा स्पारजस्ता ब्रान्ड प्राप्ति गर्दै अग्रता कायम गरिरहेको छ ।

विश्व बजारमा सात प्लान्टसहित प्रमुख छ देश इटाली, स्विडेन, फ्रान्स, टर्की, अर्जेन्टिना र छिमेकी मुलुक भारतमा समेत उत्पादन गर्दै आएको छ । मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?