विपन्नको शिक्षाका लागि राउन्ड टेबलको २० लाख

Read Time = 3 mins

काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको राउन्ड टेबल नेपालले विपन्न विद्यार्थीको शिक्षाका लागि २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । संस्थाले एक सय ८९ विपन्न विद्यार्थीका लागि उक्त सहयोग प्रदान गरेको हो ।

राउन्ड टेबल नेपालले हालसम्म तीन सय ७३ कोठासहित ४० शौचालय, ५८ विद्यालय र अनाथालय निर्माण गरिसकेको जनाएको छ । राउन्ड टेबल इन्टरनेसनलसँग आबद्ध सन् १९९९ मा स्थापना भएको राउन्ड टेबल नेपालमा हालसम्म ३२ च्याप्टरमा कुल पाँच सय १३ सदस्य रहेका छन् ।

१८ देखि ४० वर्ष उमेर समूहका युवामात्रै सक्रिय रहन पाउने संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रु एजुकेसन’ सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशका कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारदेखि आवश्यकताअनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

राउन्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माणमा हालसम्म २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको जनाएको छ । शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको संस्थाले विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।

त्यसैगरी कोरोनाको समयमा प्रोजेक्ट लाइफ लाइनअन्तर्गत बिरामीलाई लक्षित गर्दै संस्थाले करिब ३५ लाख बराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पताललाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?