बुटबलमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । पटकैपिच्छे भैरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले आज बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।

बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई रोकेका थिए ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउदै तत्काल मुल्यबृद्धि फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?