सुर्खेत । बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
बालविवाह अन्त्यका लागि रणनीति निर्माण, प्रदेश सरकारले स्थानीय सरकारहरूलाई बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माण गर्न प्रोत्साहन गरियोस् भन्नेलगायतका माग पत्रमा उल्लेख छ ।
प्रदेशका सबै पालिकालाई बालविवाहको स्थिति अध्ययन र विश्लेषण गरी सोको तथ्यांकको निरन्तर अध्यावधि गर्ने प्रणालीको विकास गर्न, बालविवाह अन्त्यसम्बन्धी नीति कानुनको कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्न, प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उजुरी प्रक्रिया सहज गर्न ध्यानाकर्षण गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच