एसिसी महिला टी-२०: नेपाल एक खेलअघि नै सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले चार रन र कविता कुँवरले तीन रन बनाउनु भयो ।

यसअघि पहिले ब्याटिङमा आएको बहराइनले निर्धारित सात ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएका थिए । वर्षाको कारण खेल सात ओभरमा खेलाइएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोड्दा कप्तान दिपिका रासंगिका र थरंगाले दुई-दुई रन बनाउनुभएको थियो । नेपालकी कविता र सबनम राईले समान दुई विकेट तथा अस्मिना कर्माचार्यले एक विकेट लिनुभएको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?