खाँदबारीको सागममा पहिरोले घर पुरियो

Read Time = 2 mins

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिनुभयो ।

गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराले राईको घर पुरिएको हो । मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताउनुभयो । राईको परिवारले भागेर ज्यान जोगाएका छ । पहिराबाट राईको परिवार विस्थापित भएको छ । राईको परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ । पहिराबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

पहिराले बर्खे कल्छे, माल्टा, पाङ्ठालगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ । पहिरोले खाँदबारी –६ कल्छेबेँशीका रवीन राईको १५ रोपनी खेत र छ माछा पोखरी पुरिएको छ । पहिराले देवेन्द्र घिमिरेको १५ रोपनी र प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ । त्यस्तै चन्द्रकुमार मगरको दुई रोपनी धान खेत र माछा पोखरी तथा सचिन राई र पदम मगरको तीन रोपनी खेत पुरिएको छ ।

पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताउनुभयो । क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?