लन्डन । सहकर्मीको लिंगको आकारलाई लिएर मजाक गर्ने बेलायतका एक प्रहरी अधिकारी बर्खास्तगीमा परेका छन् । आफ्ना एक नयाँ सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने विल्टसायर प्रहरी विभागका प्रहरी अधिकृतलाई पाँच दिनको सुनुवाईपछि बिना सूचना बर्खास्त गरिएको हो ।
रिड्ले प्रहरी स्टेसनमै अन्य सहकर्मीका अगाडि पीडितको ट्राउजर खोलेर उनको लिंग छुँदै ‘निकै सानो’ भन्दै खिल्ली उडाएको स्वीकार गरेका छन् । सुनुवाईका क्रममा सो घटनालाई उनले जोकको संज्ञा दिएका थिए ।
उक्त घटना सन् २०२१ को नोभेम्बरमा डिभाइज प्रहरी चौकीमा भएको थियो । त्यतिबेला पीडित प्रहरी सेवामा भर्खरै भर्ना भएका थिए ।
अदालतले रिड्सलाई आफ्नो सबै कर्तव्यबाट हटाएको थियो । अदालतले रिड्सलाई बेलायतको कुनै पनि प्रहरी सेवामा काम गर्न अनुमति नदिएको जनाइएको छ ।
-एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :