काठमाडौं । पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।
नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।
गत असार ३ गते नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई कुटेर विवादमा तानिनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आइतबार संसद् सचिवालयमा समेत उजुरी परेको छ ।
अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित तीन जनाले आलेविरुद्ध संसद् सचिवालय सिंहदरबारमा उजुरी दिनुभएको हो ।
पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले आइतबार संसद् सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराउनु भएको भएको छ।
मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म सर्वसाधारणदेखि मातहतका कर्मचारीमाथि असभ्य र अश्लील गाली बेइज्जती र गुण्डागर्दी पदीय मर्यादा र जिम्मेवारीविरुद्ध रहेको भन्दै ती संगठनले आपत्ति जनाएका छन् ।
‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिदै स्वयम् त इतिहासकै बद्नाम मन्त्री भएकै छन् तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका