बैतडीमा विद्युत सवस्टेसनको मर्मतका कारण चार दिन विद्युत अवरुद्ध हुने

Read Time = 2 mins

-कृष्ण बिष्ट
बैतडी । बैतडीमा विद्युत सवस्टेसन मर्मत कार्य शुरु भएको छ । सोमबारदेखि सवस्टेसन मर्मतको काम शुरु भएको हो । शवस्टेसन मर्मत गर्न चार दिन लाग्ने बताईएको छ । उक्त अवधिमा जिल्लामा विद्युत अवरुद्ध हुने छ । नेपाल बिद्यु्त प्राधिकरण बैतडी वितरण केन्दले सूचना जारी गर्दै चार दिन विद्युत अवरुद्ध हुने जनाएको छ ।

सवस्टेसनमा नयाँ उपकरण जडानको लागि चार दिन लाग्ने र उक्त अवधिमा विद्युत अवरुद्ध गरिने भएको नेपाल विद्यु्त प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले जानकारी दिनुभयो । ‘दिउँसोको समयमा उकरण जडान हुने समयमा विद्युत अवरद्ध हुने छ, रातिको समयमा बिद्युत सुचारु हुनेछ, १० गतेभित्रै जडानको काम सकिन्छ ’ प्रमुख भट्टले भन्नुभयो ।

बेला बेला खराबी आउने गरेको सवस्टेसन मर्मत भईसकेपछि सो समस्या हल हुने वितरण केन्द्र प्रमुख भट्टले बताउनु भयो ।

यसैगरी जिल्लाको २ ठाउँमा विद्युत सवस्टेसनको काम थालिएको छ । मेलौली र पाटनमा सवस्टेसनको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ । पाटनमा बन्न लागको सवस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । जिल्लालाई पूर्णरुपमा बिद्युतीकरणको लागि यी सवस्टेसनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?