मुल्यवृद्धि फिर्ताका विषयमा सरकार गम्भीर नभए आन्दोलनमा जान्छौं : प्रदीप ज्ञवाली

Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गरेर संसदको अपमान गरेको बताउनुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने बचन दिएको भएपनि सो बचन लत्याउँदै मूल्यवृद्धि गर्नुले संसदको समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पद्धार्थमा फेरी पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनु भयो ।

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताउनुभयो । उहाँले आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्प समेत प्रस्तुत गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा, यद्यपी उहाँले वक्तव्यमा लिखित रुपमा सम्मिलित गर्नुभएको थिएन । तर अन्तिममा उहाँले मौखिक रुपमा पेट्रोलियम पद्धार्थको मुल्य मैले समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो । संसदको स्पष्ट निर्देशन र सदन समक्ष अर्थमन्त्रीले बजेट वक्तव्य पेश गर्दा बोलेको कुरालाई समेत लत्याउँदै जुन ढंगको मुल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो । यो वास्तवमा संसदको पनि अपमान हो । त्यसैले हामीले त्यही गम्भिरताका साथ यो विषय उठाएका हौँ । कमसेकम एउटा कर हट्दा पनि थोरै भएपनि राहत हुन्छ । आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मुल्य घटाउन सकिन्छ । यो काम नगरीकन सिधै बाहिरबाट समायोजन भएर आयो, त्यसको सिधै मार जनतालाई दिने खालको कुरा छ । यदी हामीले गम्भिरतापूर्वक उठाएको विषयलाई सुनिएन । तदनुरुप सरकारले जवाफ दिएन । जवाफ चित्त बुझ्दो भएन र ठोस रुपले कदम चलिएन भनिदेखि हामी त्यो भन्दा अगाडी बढ्छौँ ।’

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरुले आवाज उठाएको भन्दै सरकारले गम्भिरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?